¿Dónde están Los ladrones? [Nepali translation]

Songs   2024-05-10 10:09:25

¿Dónde están Los ladrones? [Nepali translation]

तिनीहरु त्यतातिर देखिन्छन्

तिनीहरु घरका छानामा देखिन्छन्

प्यारिसमा घुमिरहेका [देखिन्छन्]

अदालतमा फैसला सुनाइरहेका [देखिन्छन्]

नाकमा धुलो* भरिएको रूपमा

टाइ-सुटमा सजिएका कि त निलो जिन्स लगाएका

म्यागाजिनको पहिलो पानामा देखिन्छन्

केही भन्‍न बाँकी नराखिकन

कहाँ छन् चोरहरु?

कहाँ छ हत्यारा?

नानाथरी उट्पट्‌याङ गर्दै होलान्

छिमेकको कुनै चौरमा

तिनीहरु पो [चोर] रहेछन् भने के होला?

म पो रहेछु भने के होला?

यो गितार बजाउने पो रहेछ भने?

यो गीत गाउने पो रहेछ भने?

तिनीहरु घुँडा टेकिरहेका देखिन्छन्

कि त आरामले बसिरहेका कि त टुसुक्क बसिरहेका

सबै बस्ने शैलीमा देखिन्छन्

धर्मप्रचार गरिरहेका देखिन्छन्

कन्सर्टमा गीत गाइरहेका पनि

कक्टेलभित्र नि देखिन्छन्

मन्त्रीपरिषद गठन गरिरहेको बेला पनि

कहाँ छन् चोरहरु?

कहाँ छ हत्यारा?

नानाथरी उट्पट्‌याङ गर्दै होलान्

छिमेकको कुनै चौरमा

तिनीहरु पो [चोर] रहेछन् भने के होला?

म पो रहेछु भने के होला?

यो गितार बजाउने पो रहेछ भने?

यो गीत गाउने पो रहेछ भने?

  • Artist:Shakira
  • Album:¿Dónde están los ladrones? (1998)
See more
Shakira more
  • country:Colombia
  • Languages:Spanish, English, French, Portuguese+4 more, Arabic, Zulu, German, Catalan
  • Genre:Dance, Latino, Pop, Pop-Rock, Rock, Singer-songwriter
  • Official site:http://www.shakira.com/
  • Wiki:https://es.wikipedia.org/wiki/Shakira
Shakira Lyrics more
Shakira Featuring Lyrics more
Shakira Also Performed Pyrics more
Excellent Songs recommendation
Popular Songs
Copyright 2023-2024 - www.lyricf.com All Rights Reserved